महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा किशाेर पक्राउ
प्रतिकात्मक तस्वीर
गुल्मी - ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा किशाेर पक्राउ परेका छन् । गुल्मीको मालिका गाउँपालिका-७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हाे ।
किशोरमाथि ती महिलालाई मालिका गाउँपालिका-६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ जबरजस्ती करणी गरेको आराेप छ । प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया