अपराध

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा किशाेर पक्राउ

इकागज |
साउन २२, २०७९ आइतबार १३:५ बजे

प्रतिकात्मक तस्वीर

गुल्मी - ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा किशाेर पक्राउ परेका छन् । गुल्मीको ​ मालिका गाउँपालिका-७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हाे । 

किशोरमाथि ती महिलालाई मालिका गाउँपालिका-६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ जबरजस्ती करणी गरेको आराेप छ । प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । 


Author

थप समाचार
x