अपराध

सामुदायिक जंगलमा १९ वर्षीया किशोरी बलात्कृत

इकागज |
साउन २४, २०७९ मगलवार १२:३३ बजे

प्रतिकात्मक तस्वीर

संखुवासभा । संखुवासभामा एक जना १९ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

ती महिलालाई बलात्कार गरेको अभियोगमा चैनपुर नगरपालिका–९ पिलुखोला बस्ने २१ वर्षीय दिपक शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 


मादी नगरपालिका–६ पुलुङस्थित सामुदायिक जंगलमा दिपकले ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।      

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


Author

थप समाचार
x