दुबईमा एक लाख तलब दिलाउने भन्दै ७ लाख ५० हजार ठगी
काठमाडौं- दुबई पठाईदिन्छु भन्दै ठगी गरको अभियोगमा प्रहरीले एक जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्की छन् ।
दैलेख दुल्लु घर भएका एक पुरूषलाई वर्किङ भिषामा दुबई जानको लागि साढे ७ लाख रूपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाईदिने प्रलोभन उनले देखाएका थिए ।
पीडितलाई मासिक एक लाख रूपैयाँसम्म तलब हुने विश्वास दिलाई उनी ७ लाख ५० हजार रुपैयाँ ठगी फरार भएका थिए । पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं गोङ्गबुबाट उनलाई पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया