अपराध

भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएको ३१ बोरा चिनी बरामद

इकागज |
साउन २९, २०७९ आइतबार २०:५१ बजे

फाइल फोटो

झापा - भन्सार छली अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको एक लाख ११ हजार बराबरको ३१ बोरा चिनी आज प्रहरीले बरामद गरेको छ । 

गौरीगञ्ज गाउँपालिका–५ स्थित जनता टोलमा मान्छे नबस्ने ग्वालीमा लुकाइछिपाइ राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय गौरीगञ्जले सो चिनी बरामद गरेको जनाइएको छ । 


जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बरामद गरेको केजी चिनी आजै मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको बताए । रासस


Author

थप समाचार
x