अपराध

विदेशी मुद्रा अपचलनमा ३ जना विरुद्ध मुद्दा दायर

इकागज |
साउन ३०, २०७९ सोमबार १९:३९ बजे

फाइल फोटो

काठमाडौँ- राजस्व अनुसन्धान विभागले तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले भारत स्थायी ठेगाना भएका हाल कारागार कार्यालय भीमफेदीमा संगठित अपराध मुद्दामा थुनामा रहेका चाँदबाबु मोहम्मद शरिफ र पाकिस्तान स्थायी ठेगाना भएका हाल संगठित अपराध मुद्दामा थुनामा रहेका जावेद अस्लाम खान विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

जिल्ला वन कार्यालयको पत्र समेतले वादी नेपाल सरकार प्रतिवादी संजीव भारी समेत भएको संगठित अपराध (संरक्षित वन्यजन्तु र पशुपक्षीहरूको ओसारपसार तथा निकासी पैठारी) मुद्दामा प्रतिवादी शरिफको साथबाट बरामद भएको भारतीय २००० दरको ३५ वटा नोट बराबर हुन आउने भारतीय रकम र प्रतिवादी खानको साथबाट बरामद भएको अमेरिकी डलर समेतका विभिन्न देशका मुद्रा बरामद भएको हुँदा उनीहरू विरुद्ध विदेशी विनिमय तर्फ अनुसन्धान गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले खानलाइ ५० लाख १६ हजार ६ सय ८७ रुपैयाँ तथा शरिफलाई १ लाख १२ हजार १ सय ५ रुपैयाँ बिगो जफतको माग दाबी गरेको छ ।


यस्तै विभागले पाकिस्तानी नागरिक हाफिज अत्तिक्यु अर रेहमान, पाकिस्तान घर भएका पाकिस्तानी नागरिक विरुद्ध मुद्दा दायर गरेको छ। विभिन्न देशका मुद्रा लुकाइ छिपाइ नेपालबाट बाहिरी मुलुकतर्फ लैजाने लागेको अवस्थामा रेहमान पक्राउ परेका थिए ।  उनी विरुद्ध ९ लाख २६ हजार ४ सय ९१ रुपैयाँ ९४ पैसा विगो मागदाबी सहित मुद्दा दायर गरिएको विभागले जनाएको छ । 

 


Author

थप समाचार
x