बिल बिजकभन्दा बढी सामग्री बोकेको ट्रक नियन्त्रणमा
काठमाडौं – बिल बिजकभन्दा बढी मेडिकल तथा खुद्रा सामानहरू बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका–८ घण्टाघर चोकस्थित सडकखण्डमा गए राति ना ६ ख ३५१६ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ट्रकलाई रोकेर जाँच गर्ने क्रममा शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनका अनुसार ट्रकबाट ३६ लाख ६० हजार बराबरको सामान बरामद गरिएको हो ।
उक्त ट्रकलाई कारबाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया