अपराध

२० वर्षपछि बहुविवाह मुद्दामा फरार अपराधी पक्राउ

इकागज |
भदौ ६, २०७९ सोमबार १८:४८ बजे

काठमाडौँ–   २० वर्षदेखि प्रहरीको फरार सुचीमा रहेका एक अभियुक्त पक्राउ परेका छन् । सिन्धुपाल्चोक जिल्लाका बहुविवाह मुद्दामा एक महिना कैद र एक हजार जरिवाना तोकिएका मेलम्ची नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ४३ का फरार अपराधी रामकृष्ण भन्ने टिकादत्त दुलाललाई  जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले २० वर्षपछि पक्राउ गरेको हो । 

अदालतले निजलाई लागेको कैद जरिवाना सजाय असुलका लागि जिल्ला कारागार चौतारा चलान गरेकोे प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । यसैगरी बुढाथोकीले बहुविवाह मुद्दामा एक वर्ष कैद र पाँच हजार जरिवाना तोकिएका पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष २७ कि निरमाया तामाङलाई समेत पक्राउ गरी कैद जरिवाना असुलका लागि जिल्ला कारागार चौतारा चलान गरेको जानकारी गराएका छन् । 


     


 


Author

थप समाचार
x