अपराध

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त सुकेधाराबाट पक्राउ

इकागज |
भदौ ८, २०७९ बुधबार १८:६ बजे

काठमाडौं- प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रूकुमको सिस्‍ने गाउँपालिका-५ सिस्ने घर भई हाल काठमाडौं-१३ बाफल बस्‍ने ३१ वर्षीय अर्जुन बुढाथोकी रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुकेधाराबाट पक्राउ गरेको हो । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले उनीमाथि १ करोड १९ लाख ४ हजार रुपैयाँ जरिवाना र २४ दिन कैद सुनाएको थियो ।



Author

थप समाचार
x