अपराध

फेसबुक ह्याक गरी ठगी गर्ने मोरङका किरण पक्राउ

इकागज |
भदौ ८, २०७९ बुधबार १९:५५ बजे

फाइल फोटो

मोरङ - सामाजिक सञ्जाल फेसबुक ह्याक गरी प्रोफाइमा आबद्ध साथी, आफन्त र सहकर्मीसँग रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ । 

यसरी पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका–१० का २० वर्षीय किरण पाठक रहेका र उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ ।


उनले विभिन्न डिजिटल पेमेन्ट गेटवेमार्फत १५ भन्दाबढी व्यक्तिसँग रकम जम्मा गर्न लगाई ठगी गरेको पाइएको ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । 


Author

थप समाचार
x