क्रोएसिया पठाईदिन्छु भन्दै २ लाख ठग्ने पक्राउ
प्रतिकात्मक तस्वीर
काठमाडौं । क्रोएसिया पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-९ भिमसेनगोला बस्ने धनकुटा चौबिसे गाउँपालिका-५ का ३८ वर्षीय शान्त कुमार देवानलाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको लागि क्रोएसियाको प्रतिष्ठित अटोमोबाईल कम्पनीमा मासिक १ लाख सम्म तलब हुनेगरी काम लगाईदिन्छु भनी विश्वास दिलाइ पीडितबाट २ लाख रूपैयाँ ठगी गरेका देवानलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका काँडाघारीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया