रोमानिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा पक्राउ
काठमाडौँ- रोमानिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने २० वर्षीया पुन माया श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ ।
वर्किङ भिषामा रोमानियाको फुड प्याकेजिङमा मासिक ७५ हजार रूपैयाँसम्म तलब पाउने गरी काममा लगाईदिन्छु प्रतिव्यक्ति ६ लाख रूपैयाँ लाग्छ भनि विश्वास दिलाई पीडितहरूबाट १७ लाख ७५ हजार रूपैयाँ रकम लिई सम्पर्कविहीन भएकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरबाट साेमबार पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया