इण्डियन ब्राण्डेड बोरामा लोकल कमसल चामल, काराेबजारी गरेकाे आराेपमा एक पक्राउ
रौतहट । चामलको कालोबजारी गरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन् । गौर नगरपालिका-१ रामजानकी धर्मशालास्थित चामल पसल गरी बस्ने भारत विहार सितामढी बैरगनिया घर भएका ४४ वर्षीय राजेन्द्र प्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।
राजेन्द्रले ईण्डियन ब्राण्डेड बोरामा लोकल कमसल चामल प्याकिङ गरेको आरोप छ । सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्ने क्रममा ३ सय ४२ बोरा लोकल चामल, १ सय २० थान खाली बोराहरू र १ थान बोरा सिलाउने मेसिन फेला पारी उनलाई पक्राउ गरेको हो ।
उक्त पसल सिलबन्दी गर्नुका साथै उनी उपर कालोबजारी मुद्दामा जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया