अपराध

मानव बेचबिखनको आरोपमा तीन जना पक्राउ

इकागज |
भदौ १५, २०७९ बुधबार २१:५० बजे

जनकपुरधाम - दुई बालिकालाई बेचबिखनका लागि भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले धनुषाको ईनर्वा रेलवे स्टेशनबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ कमलानगर टोल बस्ने २६ वर्षीय रूपेश कुमार मिश्र, वडा नम्बर–२३ लादोवेलाका २३ वर्षीय दिल महमद साह र महोत्तरीको मटिहानी नगरपालिका–२ विल्टाहा टोलकी २० वर्षीया रानी भन्ने मुस्कान मण्डल रहेको छ ।

जनकपुरधाम–जयनगर रेल मार्ग  हुँदै दुई बालिकालाई भारत बेच्न लगिरहेको गोप्य सूचनाको आधारमा खजुरी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।


उनीहरूले दुवै बालिकाहरूलाई डेराबाट ललाई फकाई भारत लैजान ईनर्वा रेल्वे स्टेसन ल्याएका थिए । स्टेसनमा रेलको प्रतिक्षामा बसिरहेका बेला बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरिएको डीएसपी क्षेत्रीले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


Author

थप समाचार
x