३४ वर्षदेखि फरार अपराधी पक्राउ
फाइल फोटो
काठमाडौं – मानव बेचविखन तथा ओसारपसार मुद्दामा ३४ वर्षअघि सजाय सुनाइएका जित बहादुर तामाङ पक्राउ परेका छन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ७ बस्ने वर्ष ६६ वर्षीय तामाङलाई फरार रहेको ३४ वर्ष पछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको हो ।
उनलाई नौ वर्ष दुई महिना आठ दिन सजाय तोकिएको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । आइतबार ११ः०० बजेको समयमा मेलम्ची नगरपालिका ७ बाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई जिल्ला कारागार चौतारा चलान गरेको बुढाथोकीले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया