खैरो हेरोइनसहित ८ जना पक्राउ
काठमाडौँ- नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले अवैध खैरो हेरोइनसहित ८ जनालाई पक्राउ गरेको छ ।
ब्यूरोले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ४० दशमलव ५ ग्राम खैरो हेरोइनसहित ३ जना र २ सय ४७ ग्राम खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरिएको जनाएको हो । पक्राउ पर्नेमा ललितपुर भैंसेपाटी बस्ने प्रताप कार्की, फिदिम घर भएका भुवन विक र सोही स्थान बस्ने देङ्ग हाङ्ग नेम्वाङ रहेका छन् ।
त्यस्तै काठमाडौँको माकलबारीबाट उत्सव घिमिरे, दोर्ची शेर्पालाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको र थप अनुसन्धान गर्दा फुर्लामी शेर्पालाई सुकेधाराबाट पक्राउ गरिएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक विकास राज खनालले जानकारी दिए । उनीहरूलाई लागूऔषध बिक्री गर्ने झापाका अप्सरा राजवंशी र उनलाई पनि सप्लाई गर्ने नौसाद आलमलाई पनि झापा मेचीनगरबाट डिजिटल तराजुका साथै नगद रु १० लाख ४० हजारसहित पक्राउ गरिएको खनालले बताए ।
त्यस्तै ब्यूरोले अवैध लागूऔषध २ सय ५२ एम्पुलसहित चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको उनले जानकारी दिए ।
ब्यूरोले काठमाडौँका विभिन्न स्थानबाट दुई केजी गाँजासहित ३ जनालाई पक्राउ गरिएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया