बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं- प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौंको सामाखुसीमा बस्दै आइरहेका २९ वर्षीय पुरूषोत्तम अधिकारी रहेका छन् ।
अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत महाराजगञ्जमा पठाइएको प्रहरीको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया