अपराध

अवैध लागूऔषधसहित सात जना पक्राउ

इकागज |
असोज ९, २०७९ आइतबार १३:१४ बजे

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ३ केजी गाँजासहित भारत घर भएका ७० वर्षीय ब्रहमबाबा केवटलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 


यसैगरी पर्साकै वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट सेतो हेरोइन ५ सय मिलिग्राम र नाइट्राभेट १२ ट्याब्लेटसहित भारत घर भएका १९ वर्षीय आशिष शर्मालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

मोरङको रंगेली नगरपालिका–९ पट्वारी टोलस्थित सडकबाट नियन्त्रित लागूऔषध हाइड्रोकलोराइड २ हजार ५ सय ट्याब्लेट र डिसिक्लोमाइन हाइड्रोक्लोराइड ५ सय ट्याब्लेट सहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने ४१ वर्षीय सुरेश कुमार साह छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरीले को.२४ प ६८०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक साहलाई पक्राउ गरेको हो । 

सिरहाको नरहा गाउँपालिका–३ नयाँ चौहर्वा चोकबाट ५ केजी गाँजा ५ सहित गोलबजार नगरपालिका–१० धर्मपुर टोल बस्ने २६ वर्षीय अनिल मुखिया लगायत ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  

लागूऔषध नियन्त्रण व्यूरो सिराहा शाखा र  इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले स.९ प ६६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 


Author

थप समाचार
x