अपराध

श्रीमतीको हत्या आरोपमा जनकपुरमा श्रीमान पक्राउ

इकागज |
असोज १०, २०७९ सोमबार १८:२४ बजे

जनकपुरधाम- धनुषामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । मिथिला विहारी नगरपालिका-५ ललियाका ४५ वर्षीया जिवछी देवी मण्डलको हत्या आरोपमा उनका श्रीमान राम मण्डल पक्राउ परेका हुन् । 

जिवछी देवीको शव यही असोज ४ गते हत्या भएको अवस्थामा बाँसघारीमा फेला परेको थियो । खेतमा काम गर्न गएको बेला ऋण तिर्ने विषयमा श्रीमान–श्रीमतीबीच छलफल भएको र सोही छलफलमा श्रीमतीले श्रीमानको बुबाको नाम जोडेर गाली गलौज गर्दा आवेशमा आएर राम मण्डलले कोदालोले टाउकोमा हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।


हत्या पश्चात मण्डलले कोदालो अरुको खेतमा फालेर श्रीमतीले लगाएको चुरा फुटाएर त्यहाँबाट भागेका थिए । राम मण्डललाई प्रहरीले घटनाको चार दिनपछि किरिया बसेको अवस्थामा पक्राउ गरेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।


Author

थप समाचार
x