अपराध

पाेखरामा टिपर चोरी गरेकाे आरोपमा एक जना पक्राउ

इकागज |
असोज १२, २०७९ बुधवार १७:४३ बजे

कास्की । पोखरा महानगरपालिका-२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग १ क ५१५५ नम्बरको टिपर चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–१९ बोरीचोक बस्ने २० वर्षीय मनिस परियार छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।


क्रसर उद्योगको टिपर चोरी गरी पोखरातर्फ ल्याउँदै गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले सोही महानगरपालिका–१ सिमपानीबाट उनलाई टिपरसहित पक्राउ गरेको हो ।
 


Author

थप समाचार
x