सालकको खपटासहित दुई पक्राउ
काठमाडौं- काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपटासहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुली गोलञ्जोर गाउँपालिका-४ घर भएका ५५ वर्षीय यम बहादुर कामी र सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका २८ वर्षीय रत्न बहादुर मगर रहेका छन् । उक्त स्थानमा अवैध रूपमा सालकको खपटाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपटासहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय काठमाडौंमा पठाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया