झापामा २३ वर्षीय युवकद्वारा आफ्नै आमा र काकाको हत्या
विराटनगर- झापाको कमल गाउँपालिका–२ सिमलडाँडीका २३ वर्षीय चन्द्रबहादुर माझीले आफ्नै आमा र काकाको हत्या गरेका छन् । माझीले गए राती करिब साढे १० बजे आमा चन्द्रकला माझी र काका सन्तबहादुर माझीको हत्या गरेका हुन् ।
माझीले सुतिरहेका काका ५० वर्षीय सन्तबहादुरमाथि पहिले धारिलो हतियारले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसपछि उनले ५० वर्षीया आमा चन्द्रकलालाई पनि सुतिरहेकै ठाउँमा हत्या गरेको जनाइएको छ ।
हत्यापछि भाग्दै गरेका चन्द्रबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार पहिल्यैदेखिनै पारिवारिक विवाद देखिएको जानकारी दिँदै चन्द्रबहादुरले आमा र काकाको हत्या गरेको आशंका रहेकाे छ । यद्यपि घटनाको अनुसन्धान अघि बढाइएको झापा प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया