अपराध

झापामा २३ वर्षीय युवकद्वारा आफ्नै आमा र काकाको हत्या

इकागज |
असोज १६, २०७९ आइतबार ९:५० बजे

विराटनगर- झापाको कमल गाउँपालिका–२ सिमलडाँडीका २३ वर्षीय चन्द्रबहादुर माझीले आफ्नै आमा र काकाको हत्या गरेका छन् । माझीले गए राती करिब साढे १० बजे आमा चन्द्रकला माझी र काका सन्तबहादुर माझीको हत्या गरेका हुन् ।

माझीले सुतिरहेका काका ५० वर्षीय सन्तबहादुरमाथि पहिले धारिलो हतियारले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसपछि उनले ५० वर्षीया आमा चन्द्रकलालाई पनि सुतिरहेकै ठाउँमा हत्या गरेको जनाइएको छ । 


हत्यापछि भाग्दै गरेका चन्द्रबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ । 

प्रहरीका अनुसार पहिल्यैदेखिनै पारिवारिक विवाद देखिएको जानकारी दिँदै चन्द्रबहादुरले आमा र काकाको हत्या गरेको आशंका रहेकाे छ । यद्यपि घटनाको अनुसन्धान अघि बढाइएको झापा प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x