ससुराली गएका आचार्यले गरे १४ वर्षीया बालिका बलात्कार !
काठमाडौं– ससुराली गएका एक पुरुषले १४ वर्षीया बालिका बलात्कार गरेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी सप्तकोशी नगरपालिका–१ घर भएका ३९ वर्षीय उत्सव आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ ग्रामथान गाउँपालिका–२ स्थित ससुराली घर गएका आचार्यले शुक्रबार ती बालिकालाई जबरजस्ती करणी गरेका हुन् । जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि प्रहरी चौकी झोराहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया