आफ्नै डेरामा ११ वर्षीया बालिका बलात्कृत
भक्तपुर– डेरामै गएर एक बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक पक्राउ परेका छन् । गए राति भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं.२ बालकोटस्थितबाट नुवाकोटका रामबहादुर सुनारलाई पक्राउ गरिएको हो ।
आफ्ना अभिभावकसँग बस्दै आएकी ११ वर्षीया बालिकालाई ललाईफकाई करणी गरेको आरोप सुनारमाथि लगाइएको छ । सुनार बालिकाकै डेरामा गएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सुनारलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान कार्य भईरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया