सिरहाका १८ वर्षे युवकको अपहरणपछि विराटनगरमा हत्या, तीनजना पक्राउ
विराटनगर- विराटनगरस्थित बसपार्कको एउटा होटलको कोठामा १८ वर्षे युवकको शव भेटिएको छ । उनको हत्या भएको प्रहरीले आंशका गरेको छ ।
बसपार्कको न्यु अप्सरा होटलको कोठा नम्बर १ मा पलङको बक्सभित्र छोपिएको अवस्थामा सिरहाको गोलबजारका १८ वर्षे अंशु सदाको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।
सदाको असोज २३ गते नै अपहरण भएको र अपहरणकारीले उनीसँग एक लाख रुपैयाँ फिरौती माग गरेर होटलमा राखेको खुलेको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । न्यून आर्थिक अवस्था भएका सदाले फिरौती वापतको एक लाख रुपैयाँ नदिएपछि हत्या भएको एसपी कोइरालाले जानकारी दिए ।
हत्यामा संलग्न रहेको आरोपमा धनुषाका विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की पक्राउ परेका छन् । उनीहरूले होटलको कोठामा बिहीबार बेलुका नै इँटाले हानेर सदाको हत्या गरेको जनाइएको छ ।
हत्यापछि शवलाई बक्स पलङभित्र लुकाएर भाग्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । थप अनुसन्धान समेत अघि बढाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया