अवैध चिनी लोड गरिएका दुई ट्रक नियन्त्रणमा
काठमाडाैं । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका-२ र रामग्राम नगरपालिका-५ स्थित भैरहवा परासी राजमार्गबाट २ कात्तिकमा करिब ९० लाख रुपैयाँ
बराबरको आठ सय ४० बोरा अवैध चिनी सहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
ना ६ ख २१९७ र लु ख ९८७१ नम्बरको ट्रकमा लोड गरी राखेको उक्त चिनी र ट्रक सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुर र महेशपुर भन्सार कार्यालयले
बरामद गरेको हो । बरामद चिनी तथा दुबै ट्रक आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया