अपराध

३१ लाख ८१ हजार नगदसहित हुण्डी कारोबारमा संलग्न तीनजना पक्राउ

इकागज |
कात्तिक १७, २०७९ बिहीबार १७:१३ बजे

काठमाडौँ- काठमाडौँ बिशालबजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड इन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत नयाँदिल्ली ठेगाना भई काठमाडौँ ठमेल बस्ने ५० वर्षीय कमल कान्त कुल्थिया, सप्तरी राजविराज ठेगाना भई काठमाडौँ नक्साल बस्ने ६७ वर्षीय निर्मलकुमार अग्रवाल र भारत राजस्थान ठेगाना भई काठमाडौँ ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेका छन् । 


उनीहरूले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश र निर्देशन विपरीत वित्तिय कारोबार ‘हुण्डी गर्दै आएका छन् भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नगद ३१ लाख ८१ हजार ३ सय ८५ रुपैयाँ र व्यक्ति तथा संस्थाको नाममा काटिएको बैंक चेकसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । 


Author

थप समाचार
x