अपराध

नक्कली करारनामा बनाई साढे ४ करोड ठगी गर्ने एकजना पक्राउ

इकागज |
कात्तिक १७, २०७९ बिहीबार १७:४१ बजे

 काठमाडौँ- नक्कली करारनामा बनाई नगद ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका–१७ घर भई सोही महानगरपालिका–१४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारी छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 


प्रहरीका अनुसार नौसद अन्सारी समेतले काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाएर घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँ र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौँमा उक्त नक्कली करारनामा पेश गरेका थिए । 

उनले नक्कली करारनामा पेश गरी हिमालयन होटेल प्रालि नामक कम्पनी दर्ता गरेर उक्त होटलमा लगानी गर्नका लागि भन्दै पटक-पटक रकम ठगी गरेको प्रहरीले जनाएको छ । 

उनलाई वीरगन्ज महानगरपालिका ८ प्रतिमाचोकबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  

उनलाई आवश्यक कारबाहीको जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ ।
 


Author

थप समाचार
x