बलात्कारबाट बसेकाे गर्भ पतन गराएपछि...
बारा- बलात्कारबाट बसेकाे गर्भ असुरक्षित तवरले पतन गराउन सहयोग गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको छ । जबरजस्ती करणी गरी गर्भपतन गराउन सहयोग गर्ने प्रसौनी गाँउपालिका–५, बेलहियाका २५ वर्षीय श्याम साह तेलीलाई प्रहरीले पक्राउ गरेको हो ।
१७ वर्षीय नाबालिकालाई ललाई फकाई पटक पटक जबरजस्ती करणी गर्ने व्यक्ति भने फरार रहेका छन् । गर्भपतन गराउन सहयोग गर्ने तेलीलाई भने उनकै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
गर्भवती नाबालिकालाई तेलीले ललाईफकाई गर्भपतन गराउन सहयोगी भूमिका खेलेका थिए । उक्त घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पीडितको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया