लमजुङमा सुन सफा गर्छु भनि ठगी गर्ने भारतीय नागरिक पक्राउ
लमजुङ । लमजुङ प्रहरीले सुन सफा गर्छु भन्दै सक्कली सुन आफूले लगेर नक्कली सुन फिर्ता दिई ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले सुन सफा गरी तौल कम पारी ठगी गर्ने भारतीय नागरिक वर्ष २४ का विवेक कुमारलाई बिहीबार जिल्लाको मर्स्याङदी गाउँपालिका वडा नम्बर.३ खुदीबाट पक्राउ गरेको हो ।
विवेकले मर्स्याङदी गाउँपालिका ३ खूदी स्थित सुनको गरगहना सफा गरी चम्कने बनाईदिन्छु भनी विश्वासमा पारी स्थानीय ३ जना महिलाहरुले लगाएको सुनको सिक्री तथा ब्रासलेट खोल्न लगाई विभिन्न रासायनिक पदार्थको प्रयोगबाट ठगी गरेको उजुरी आएपछि विवेकलाई पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।
पक्राउ परेका भारतीय नागरिक विवेक कुमारलाई लमजुङ जिल्ला अदालतबाट बिहीबारदेखि लागु हुने गरी दिन ७ को म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया