अपराध

लमजुङमा सुन सफा गर्छु भन्दै ठगी गर्ने भारतीय नागरिक पक्राउ

इकागज |
मंसिर ९, २०७९ शुक्रबार २२:२९ बजे

लमजुङ -  लमजुङ प्रहरीले सुन सफा गर्छु भन्दै सक्कली सुन आफूले लगेर नक्कली सुन फिर्ता दिई ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले सुन सफा गर्ने बहानामा तौल कम पारी ठगी गर्ने भारतीय नागरिक २४ वर्षीय विवेक कुमारलाई बिहीबार मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ खुदीबाट पक्राउ गरेको हो ।

विवेकले मर्स्याङ्दी गाउँपालिका ३ खूदी स्थित सुनको गरगहना सफा गरी चम्कने बनाईदिन्छु भनी विश्वासमा पारी स्थानीय तीन जना महिलाहरूले लगाएको सुनको सिक्री तथा ब्रासलेट खोल्न लगाई विभिन्न रासायनिक पदार्थको प्रयोगबाट ठगी गरेको उजुरी आएपछि विवेकलाई पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।


 पक्राउ परेका भारतीय नागरीक विवेक कुमारलाई लमजुङ जिल्ला अदालतबाट बिहीबारदेखि लागु हुने गरी दिन ७ को म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x