लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ
कैलाली - कञ्चनपुरमा प्रहरीले लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका-३ का ४६ वर्षीय कर्ण विक, मोरङको विराटनगर उपमहानगरपालिका ६ जामुनगाछी घर भई हाल गोदावरी २ अत्तरिया बजारमा होटलमा काम गर्ने ३३ वर्षीय राकेश कोइराला र कृष्णपुर गरपालिका ९ राजघाट बस्ने २४ वर्षीया अञ्जु भन्ने चन्द्रवती कपड्याल रहेका छन्।
कंचनपुरको बेलौरी नगरपालिका-७ बाट सोमबार अटोमा सवार उनीहरूलाई २.९१ ग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
उनीहरू सवार सु.प्र.प.०१ ००१ ह २८१२ नम्बरको अटो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया