जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ओखलढुङगा- २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बु भन्ने अरुण लिम्बु सुब्वालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
अरूणले ती महिलालाई ओखलढुङगा सिद्धिचरण नगरपालिका-११ मा गत कात्तिक ३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया