अपराध

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

इकागज |
मंसिर १६, २०७९ शुक्रबार १७:२४ बजे

काठमाडौं- वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–१० का २७ वर्षीय रामकृष्ण आचार्य रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

सामाजिक संजालको माध्यामबाट पीडितहरूसँग सम्पर्क गरी आफू कम्बोडियास्थित होटेल सेक्यूरिटी गार्डमा काम गरिरहेको भन्दै उनले २३ लाख ९७ हजार ठगी गरेको प्रहरीले आरोप लगाएको छ । 


कम्बोडियाको आकर्षक तलव सुविधासहितको सेक्यूरिटी गार्डमा काम मिलाई दिने बहानामा आचार्यले प्रोसेसिङका लागि भन्दै २३ लाख ९७ हजार पीडितबाट बैंकमा जम्मा गर्न लगाएर ठगी गरेका हुन् । 

प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिहरूको नाममा संचालित बैंक खातामा पैसा जम्मा गर्न रकम जम्मा गर्न लगाएका थिए । 

पक्राउ परेका आचार्यलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 


Author

थप समाचार
x