एकै किशाेरी छुट्टाछुट्टै स्थानमा बलात्कृत !
कञ्चनपुर- एकै किशाेरी छुट्टाछुट्टै स्थानमा बलात्कृत भएकी छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
बेलौरी नगरपालिका-२ भौसडी बस्ने ३७ वर्षीय सादु राम राना, ३३ वर्षीय हरि शंकर वोट र २० वर्षीय दिपक वोट पक्राउ परेका हुन् ।
सादु राम रानाले ती किशोरीलाई गत भाद्र महिनामा ललाई फकाई सोही ठाउँस्थित उखुवारीमा र हरि शंकर तथा दिपकले गत असोज महिनामा सोही ठाउँस्थित आँपबारीमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएकाे छ ।
उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया