अपराध

दुई वर्षपछि फरार अभियुक्त पक्राउ

इकागज |
मंसिर २८, २०७९ बुधबार १६:२० बजे

जनकपुरधाम । धनुषा प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्लाको साविक भूतही पटेर्वा गाउँपालिका वडा नंं १ का दिनेश दाहा मण्डललाई पक्राउ गरिएकाे हाे।

​सुखचेन दाहा धानुकको जाहेरीमा ज्यान मार्ने उद्याेगमा नेपाल सरकार प्रतिवादी रहेका र धनुषा जिल्ला अदालतबाट पाँच वर्षको कैद सजाय पाएका दिनेश मण्डललाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।


धनुषा जिल्ला अदालतबाट २०७७ चैत २४ गतेको फैसलाबाट ५ वर्ष कैद हुने सजाय सुनाए पनि उनी फरार रहेकोमा विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरिएकाे उनले बताए । पक्राउ परेका अभियुक्तलाई अदालतमा पठाइ सकिएकाे बताउँदै उनले अदालतको आदेशमा कैद भुक्तानीका लागि जलेश्वर कारागार पठाइएको जानकारी दिएका छन् ।


Author

थप समाचार
x