नौ लाख ५० हजार बराबरको सुनका गहना चोरी
फाइल फोटो
भक्तपुर - मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट रु नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको छ ।
महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको सुनका गरगहना चोरी गरेको हो ।
घटनाबारे प्रहरीले आजैदेखि अनुसन्धान अगाडि बढाएर चोरीमा संलग्नको खोजी सुरु गरेको प्रहरी वृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया