बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं-बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ । वीरगंज महानगरपालिका-९ रानीघाट बस्ने ३५ वर्षीय अनिल कुमार ब्याहुत र झापा घर भई भक्तपुर चाँगुनारायण बस्ने ५० वर्षीय पुष्पराज पनेरूलाई बुधबार प्रहरीले पक्राउ गरेको हाे ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ असार ६ गते र २०७९ भदौ ६ गतेको फैसलाले अनिललाई ९ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना र २०७९ असार २८ गतेको फैसलाले पुष्पराजलाई ३ दिन कैद र ६ लाख ७० हजार रुपैया जरिवाना ठहर भएको थियो । फैसलापछि फरार रहेका अनिल कुमारलाई पर्सा, वीरगंज मुरलीचोकबाट र पुष्पराजलाई भक्तपुर चाँगुनारायणबाट केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनका लागि अनिल कुमारलाई जिल्ला अदालत चितवन र पुष्पराजलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया