बैंकमा जम्मा गर्न पठाएको रकम लिएर फरार भएपछि...
काठमाडौं– कृषि विकास बैंकमा जम्मा गर्न पठाएको रकम लिएर भागेका तीन जना पक्राउ परेका छन् । सञ्चालकले रकम जम्मा गर्न पठाउँदा फरार भएका वीरगञ्जस्थित माँ दुर्गे मनि ट्रान्सफर प्रा.लि.मा काम गर्नेहरु पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार वीगञ्ज महानगरपालिका–१० का आकाश साह, सञ्जय साह रमोहम्मद सकिर मियाँलाई पक्राउ गरिएको हो । मनि ट्रान्सफरका सञ्चालक विजय साह सर्राफले उनीहरुलाई चार लाख चौध हजार आठ सय रुपैयाँ बैंकमा जम्मा गर्न पठाएका थिए । उनीहरु रकम जम्मा नगरी भागेका थिए ।
कार्यालयका सूचना अधिकारी एवं डिएसपी निर्मएल बुढाथोकीकाअनुसार सञ्चालकले पठाएको रकम उनीहरुले बाँडेर लिएका थिए । रकम बाँडेपछि उनीहरु फरार भएको बुढाथोकीले जानकारी दिए । उनीहरुको साथबाट दुई लाख तेईस हजार पाँच सय रुपैयाँसमेत बरामद गरिएको छ ।
जिल्ला अदालतबाट ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसूरमा दिन ४ म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया