इसेवाको कर्मचारी भन्दै १६ लाख बढी ठगी
काठमाडौं– नेपाल प्रहरीले इसेवाको कर्मचारी भएको भन्दै १६ लाख भन्दा बढी ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ईसेवाको आधिकारीक कर्मचारी हुँ भनी ठगि गर्ने रौतहटका शुभम साहलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
उनले इसेवा आइडी बैंक खातामा लिङ्क गराइने, आइडी नवीकरण गर्ने, केवाइसी फर्म अपडेट लगाएतका बहानामा सेवाग्राहीको अकाउन्टमा अनाधिकृत पहुँच पुर्याई १६ लाख १३ हजार ठगी गरेको अपराध अनुसन्धान कार्यालयलाई सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए । आफूलाई ठगी गरेको भन्दै ३० भन्दा बढी सेवाग्राहीले उजुरी गरेपछि अनुसन्धान गर्दा साहलाई पक्राउ गरिएको कोईरालाले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको र अन्य थप सेवाग्राही ठगिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया