अपराध

वृद्धभत्ता नदिएको भन्दै बन्चरो प्रहार गरेर आमाको हत्या

इकागज |
माघ १७, २०७९ मगलवार ११:१ बजे

कैलाली - कैलालीमा बन्चरो प्रहार गरी छोराले आमाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका ६ का ४० वर्षीया श्रीराम थारुले आफ्नी आमालाई बन्चरो प्रहार गरेर हत्या गरेका हुन्।

उनले सोमबार राति ७१ वर्षीया आमा लगनीदेवी थरुनीलाई वृद्धभत्ता नदिएको भन्दै बन्चरो प्रहार गरेर हत्या गरेको कैलाली प्रहरीले जनाएको छ।


बन्चरो प्रहारबाट गम्भीर धाइते भएकी थरुनीको उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि धनगढीको नवजीवन अस्पतालमा लगिएकोमा उपचार कै क्रममा उनको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय लम्कीले जंगलमा लुकिरहेको अवस्थामा मंगलबार बिहान श्रीरामलाई पक्राउ गरेको जनाएको छ ।


Author

थप समाचार
x