अपराध

ब्राउनसुगरसहित एक युवक पक्राउ

इकागज |
माघ १७, २०७९ मंगलबार १९:२७ बजे

धनगढी- धनगढीमा ब्राउनसुगरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बसन्त होटलबाट अछामको साफेबगर नगरपालिका स्थाई घर भई हाल धनगढी ५ हसनपुर बस्ने ३४ वर्षीय मुकेश कुवँरलाई प्रहरीले पक्राउ गरेको हो। 


वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक उपेन्द्र बमको टोलीले कुवँरलाई ९ सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।


Author

थप समाचार
x