अपराध

कपिलवस्तुमा ११ क्विन्टल अखाद्य मह नष्ट

इकागज |
माघ १७, २०७९ मगलवार २१:४४ बजे

फाइल फोटो

कपिलवस्तु - चन्द्रौटास्थित वडा प्रहरी कार्यालयले बरामद गरेको ११ क्विन्टल ४० किलो अखाद्य मह नष्ट गरेको छ । प्रहरीले उक्त अखाद्य मह शिवराज नगरपालिका–३ बाट बरामद गरी नष्ट गरेको हो । 

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीका अनुसार सो परिमाणको मह ७६ डिब्बामा बेच्नका लागि अन्यत्र पठाउन लागिएको अवस्थामा बरामद गरिएको हो । 


विभिन्न हानिकारक तत्व मिसाएर बनाइएको सो महको बजार मुल्य रु दुई लाख ८५ हजार रहेको प्रहरीले जनाएको छ ।
 


Author

थप समाचार
x