अपराध

श्रीमानकाे हत्या गरेर शव शाैचालयमा पुरेपछि...

इकागज |
माघ १८, २०७९ बुधबार १४:१७ बजे

फाइल तस्बिर

सुर्खेत। भेरी नगरपालिका- ६ की भद्रकला कामीले लाठी प्रहार गरेर श्रीमान् काले कामीकाे हत्या गरेको पाँच वर्षपछि घटना सार्वजानिक भएको छ । 

३० पुस २०७४ मा  सिस्नेकी भद्रकला कामीले लाठ्ठी प्रहार गर्दा उनका श्रीमान् ४७ वर्षीया काले कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । भद्रकला कामी र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर नजिकै शौचालयमा पुरिदिएको प्रहरीले जनाएको छ ।


जाजरकोट प्रहरीले अनुसन्धान बढाउँदा काले कामीको शव शौचालयमा पुरिएको अवस्थामा भेट्टाएको जाजकोटका डिएसपी सन्तोष निरौलाले बताए । उनका अनुसार शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरीले घटनास्थलमा पुगेको थियो । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटना स्थलमा पुगेर शौचालयको खाडल उत्खनन् गर्दा काले कामीको शव भेटिएको थियो  ।

काले कामीको पुरै दाँतसहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्टभित्र मानव कङ्गाल हड्डीहरू फेला परेको छ ।  भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाइरहेको छ ।


Author

थप समाचार
x