अपराध

१६ किलो चरेससहित कपिलवस्तुमा एक पक्राउ

इकागज |
फागुन १४, २०७९ आइतबार १९:४ बजे

प्रतिकात्मक तस्बिर

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा १६ किलो चरेशसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार पक्राउ पर्नेमा शिवराज नगरपालिका– ९का मेघराज घर्ती रहेका छन् ।

घर्तीको घरमा  चरेस लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटा र ईलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।


घर्ती मगरको बिजौरीस्थित घरमा खानतलासी गर्दा घर भित्र लुकाई छिपाई राखेको १६ किलो लागूऔषध चरेशजस्तो देखिने हल्का कालो गिलो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।
उनी माथि जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।


Author

थप समाचार
x