अपराध

कुटपिट गरी हत्या गरेको आरोपमा धादिङबाट एक पक्राउ

इकागज |
फागुन १४, २०७९ आइतवार १९:५८ बजे

धादिङ । कुटपिट गरी हत्या गरेको आरोपमा धादिङबाट एक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार   धुनबेशी नगरपालिका– ६ देवीस्थान बस्ने ३७ वर्षीय पुरुषोत्तम बानियालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । 


प्रहरीका अनुसार धुनिबेशी नगरपालिका–६ देवीस्थान घर भई सोही नगरपालिका–७ नौबिसेस्थित निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका ८० वर्षीय बलराम उप्रेतीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

बानियाले १० फागुनमा कुटपिट गर्दा गम्भीर घाइते भएका उप्रेतीको आइतबार बिहान नेपाल भारत मैत्री अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  


Author

थप समाचार
x