अपराध

जुवा खेलिरहेका ७ जना चन्द्रागिरीबाट समातिए

इकागज |
फागुन १५, २०७९ सोमवार १९:५५ बजे

फाइल फोटो

काठमाडौं - चन्द्रागिरीमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन । 

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका–८ घर भएका ३२ वर्षीय नितेशराज तामाङसमेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।


प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरिएको हो । पक्राउ परेकाहरु माथि थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x