अपराध

श्रीमतीको हत्या गरी फरार रहेका प्रतिवादी पक्राउ

इकागज |
चैत ३, २०७९ शुक्रबार १२:३० बजे

प्रतिकात्मक तस्बिर

मोरङ। श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । ५३ वर्षीया देवी महतको हत्या गरी फरार रहेका प्रतिवादी बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको कारण हेम कर्णले आफ्नै श्रीमतीलाई २०७९ फागुन २५ गते दिउँसो धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पथरी शनिश्वरे नगरपालिका-१० स्थित पश्चिम बसपार्कबाट पक्राउ गरेको हो ।



Author

थप समाचार
x