अपराध

लागूऔषधसहित तीन जना पक्राउ

इकागज |
जेठ १४, २०८० आइतबार १४:५१ बजे

सांकेतिक तस्विर

काठमाडाैं -  चितवन र कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । चितवनकाे भरतपुर महानगरपालिका-१६ सूर्योदय टोलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित बारा घर भएका २१ वर्षीय रविन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका-१६ सूर्योदय टोल बस्ने २९ वर्षीय रुपेश लामाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढ र अस्थायी प्रहरी पोष्ट शरणपुरबाट खटिएको प्रहरीले उनको घर तलासी ‍गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी रविनलाई पक्राउ गरेको हो । हाल फरार रुपेश लामाको प्रहरीले खोजी गरिरहेको छ ।


कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० कानीखल्लाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ६ ग्राम ९२ मिलिग्रामसहित बेलडाँडी गाउँपालिका-१ बस्ने २१ वर्षीय अर्जुन चौधरीसमेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडासमेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

 


Author

थप समाचार
x